You are viewing the translated version of मृत्यु पश्चात सम्पत्तिको “हस्तान्तरण.

Section 44
मृत्यु पश्चात सम्पत्तिको “हस्तान्तरण
कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्को व्यक्तिमा हस्तान्तरणबाट निसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछः-

(क) सो व्यक्तिले सो निसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।